Logo

प्रधानमन्त्री ओलीले दिए बकर इदको शुभकामना



Spread the love

२७ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम समुदायको महान् चाड बकर ईदको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज एक सन्देश जारी गर्दै शुभकामना व्यक्त गरेका हुन् l उनले उक्त सन्देशमा नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकोले यहाँका सबै जाती र सांस्कृतिक चाडपर्वहरूलाई राज्यले उत्तिकै सम्मान गर्ने बताए l

उनले भने, ‘नेपाल बहुजातीय बहुसाँस्कतिक देश हो । सबै जाती र सांस्कृतिक चाडपर्वहरूप्रति सरकारले उत्तिकै सम्मान छ l’

बकर इदका अवसरमा बिहान सबेरै नमाज पढेपछि आ–आफ्नो घरमा दिइएको कुर्वानीको तीन हिस्सा मासुमध्ये एक हिस्सा घरमा, अर्को एक हिस्सा गरीबलाई र बाँकी एक हिस्सा इष्टमित्रहरूलाई प्रदान गर्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्