Logo

प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानुन निर्माण भएको मन्त्री पण्डितको जिकिर



Spread the love

२६ साउन, काठमाडौँ l प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानुन निर्माण भएको सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जिकिर गरेका छन् l

आज राष्ट्रियसभाको बैठकमा सहभागिता जनाउँदै मन्त्री पण्डितले ‘तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक प्रादेशिक अन्तर्क्रिया कार्यक्रमको प्रतिवेदन’ माथि उठेका सवालमा यस्तो बताएका हुन् l

संविधानअनुसार सङ्घ, प्रदेश र स्थानीय तह सञ्चालन हुने, कानुन बन्ने, प्रदेश लोक सेवा आयोग गठन प्रक्रिया अगाडि बढेको र स्थानीय तहका कर्मचारीको परीक्षा भइरहेको जानकारी पनि मन्त्री पण्डितले गराए l

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले सभामा बुझाएका उक्त प्रतिवेदन माथि सांसद ठगेन्द्रप्रकाश पुरी, कोमल ओलीे, वृषेशचन्द्र लाल, रामनारायण बिंडारी, डा विमला राई, जीतेन्द्रनारायण देव, खेमलाल भट्टराई, पर्शुराममेघी गुरुङ र प्रमिला कुमारीले भूमिका, जिम्मेवारी र अधिकारका सम्बन्धमा तीन तहमा छलफल चलाउन मन्त्री पण्डितलाई सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्