Logo

उपाधिको लागि सोमपाल सम्मिलित हक्सले भान्कुभर नाइट्सको सामना गर्ने



Spread the love

२६ साउन, काठमाडौं । ग्लोबल टि२० मा सोमपाल कामी सम्मिलित विनिपेग हक्सले उपाधिको लागि भान्कुभर नाइट्सको सामना गर्दैछ । खेल नेपाली समय अनुसार आज राती ११ : ४५ बाट सुरु हुनेछ ।

आजको खेलमा नाइट्सका लागि ओपनर क्रिस गेल भने उपलब्ध हुने छैनन् । गेल नहुँदा नाइट्सलाई ठूलो नोक्सान पुग्न सक्छ ।

सोमपाल पहिलो रोजाइमा पर्ने संभावना आजको खेलमा पनि देखिँदैन । डेब्यू खेलमै एडमन्टन रोयल्ससँग खराब प्रर्दशन गरेपछि हक्सले अन्य खेलमा सोमपाललाई पुन मौका दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्