Logo

अदालतको एक्लो प्रयासले मात्र स्वतन्त्र, निष्पक्ष न्याय हुँदैन : प्रधानन्यायाधीश जबरा



Spread the love

२६ साउन, काठमाडौँ l प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको एक्लो प्रयासले मात्र स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माण नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीन दिने गोष्ठीको उद्घाटन समारोहमा सहभागिता जनाउँदै प्रधानन्यायाधीश जबराले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताए ।

उनले गएको भदौदेखि मुलुकी देवानी र मुलुकी फौजदारी संहिता कार्यान्वयनमा आएर १ वर्षको अनुभव लिइसेकेको उल्लेख गर्दै आउने दिनमा अभ्यासमा अझ बढी निखार हुँदै जाने विश्वास प्रकट गरे ।

प्रधानन्यायाधीश जबराले निजी अन्तर्राष्ट्रिय कानुन, करार कानुन र दुस्कृति विषयमा तीन दिने गोष्ठीले अभ्यासका लागि धेरै ज्ञान मिल्ने उल्लेख गरे ।

नेपाल बार एशोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुनका विभिन्न विषयमा समयसमयमा हुने यस खालका गोष्ठीले कानुनको अध्ययन र अभ्यासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले निजी अन्तर्राष्ट्रिय कानुन, करार र दुस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय र राष्ट्रिय अभ्यासका विषयमा वार्ता गरिने जानकारी दिएका छन् ।

गोष्ठीमा सर्वोच्च अदालतका न्यायाधीश, सातै प्रदेशमा मुख्य न्यायाधिवक्ता, कानुन व्यवसायीको उपस्थित रहनका साथै नेपालमा गत वर्षदेखि मुलुकी देवानी र मुलुकी फौजदारी संहिताको कार्यान्वयनको अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा वार्ता हुनेछ ।

प्रतिक्रिया दिनुहोस्