२६ साउन, काठमाडौँ l स्टक पिचीङ प्रतिसप्रर्धात्मक कार्यक्रम सिटीजन कलेज सातदोबाटो ललितपुरमा सम्पन्न भएको छ ।
शेयर बजारमा रहेका विभिन्न सेक्टरका स्टकलाई आधार मानेर विद्यार्थीहरू बिचमा गरिएको उक्त प्रतियोगीताले विद्यार्थीहरूमा सेकेन्डरी शेयर मार्केट को विश्लेषण गर्न सक्ने क्षमताको विकास भएको छ ।
समग्र ८ समुहबीच भएको प्रतिसपर्धात्मक प्रिजेन्टेशन कार्यक्रममा आरती झाको टिमले प्रथम स्थान तथा आरक्ष प्रजापतिको टिमले द्धीतिय स्थान(रनर अप) हासिल गरेका थिए ।
कलेजका प्राचार्य हरी कृष्ण अर्यालको सभापतित्वमा सम्पन्न उक्त प्रतियोगीतामा निर्णायकको भूमिकामा त्रि.बि.का उप प्राध्यापक डा.सुरेन्द्र महतो तथा नेपाल धितो पत्र बोर्ड (सेबोन) का उप निर्देशक डा. अजय ढुङ्गाना ले निर्वाह गरेका थिए ।
सो कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै कलेजका प्राचार्य हरी कृष्ण अर्यालले कार्यक्रमले विद्यार्थी वर्गमा शेयर बजारको सचेतना प्रदान गर्दै लगानी गर्नका निमित्त आवश्यक विश्लेषण गर्न सक्ने क्षमताको विकास गरेको बताए l
कलेजका प्राचार्य हरिकृष्ण अर्याल, राजकुमार प्याकुरेल, कार्यक्रम संयोजक मुस्कान खनालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए भने कार्यक्रमको सहजीकरण विद्यार्थी श्रेया विष्टले गरे l