Logo

सभामुखलाई सांसद थापाको प्रश्न- नियमको कार्यान्वयन किन नभएको ?



Spread the love

२६ साउन, काठमाडौँ l सांसदहरूले प्रतिनिधिसभा बैठकको शून्य र विशेष समयमा उठाएका विषयबारे सदनलाई जानकारी गराउने विषयमा सरकार गम्भीर नदेखिएको भन्दै नियमित जसो सांसदहरूले प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था कार्यान्वयनका लागि ध्यानाकर्षण गराउँदै आएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा सहभागिता जनाउँदै नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले शून्य र विशेष समयमा सदनमा उठेका विषयमा सम्बन्धित मन्त्रीले पाँच दिनभित्र सदनमा उपस्थित भई जानकारी गराउनुपर्ने व्यवस्था नियमावली कार्यान्वयन गर्न सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद थापाले विगतमा शून्य र विशेष समयमा उठेका विषय सम्बोधन भएन भनेर नियमावलीमा नै व्यवस्था गरिएको उल्लेख गर्दे नियमको कार्यान्वयन किन नभएको ? भन्दै सभामुखलाई प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्