Logo

सिङ्गापुरमा प्रधानमन्त्री ओलीको एक दिन बसाई लम्बियो



Spread the love

२६ साउन, काठमाडौँ l स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीको बसाइ एक दिन लम्बिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणका रिपोर्ट आउन समय लागेका कारण सिङ्गापुर बसाइ लम्बिएको हो ।

प्रधानमन्त्री ओलीको निजी सचिवालयका अनुसार उनी भोलि दिउँसो नेपाल फर्किने छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सामान्य रहेको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्