Logo

विभागीय जिम्मेवारी सचिवालयका नेतालाई नदिन सुझाव



Spread the love

२६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा जिम्मेवारी पाउन बाँकी रहेका स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरूको रुचि अनुसार भूगोल, विभाग र मोर्चा सङ्गठनको जिम्मेवारी दिनका लागि महासचिव विष्णु पौडेलले व्यक्तिगत रूपमा भेटेर उनीहरूको चाहना बुझेझेका छन् । विभागीय प्रमुखको जिम्मेवारी सचिवालयमा रहेका नेताहरूलाई दिन नहुने भन्ने पक्षमा अधिकांश स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरूले लिखित तथा मौखिक सुझाव दिएका छन् ।

विभागमा विवाद गरेर बस्नुभन्दा सचिवालयमा रहने नेताले कुनै पनि विभागमा सीमित हुन नपाउने, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ले अघिल्लो सचिवालय बैठकमै यो प्रस्ताव राखेका थिए ।

अधिकांश नेताहरूले सचिवालयका नेताहरूलाई मात्र होइन मन्त्रीलाई पनि अन्य कुनै जिम्मेवारी दिन नहुने विचार व्यक्त गरेका छन् ।

स्रोतका अनुसार स्थायी कमिटी सदस्यमा रहेका टोपबहादुर रायमाझी, बेदुराम भुसाललगायतका नेताहरूले सचिवालयले सिङ्गो पार्टी कमाण्ड गर्ने भएकाले सचिवालय सदस्यहरूलाई विभाग प्रमुख नबनाउन सुझाव दिएका छन ।

प्रतिक्रिया दिनुहोस्