Logo

सोमपाल आबद्ध विनिपेग फाइनलमा



Spread the love

२६ साउन, काठमाडौं । शनिवार राति भएको प्ले अफको दोस्रो क्वालिफायरमा नेपाली क्रिकेटर सोमपाल कामी आबद्ध विनिपेग हवक्सले ब्राम्पटोन वोल्भसलाई सात विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको ब्राम्पटोन वोल्भसले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा २०० रन बनाएको थियो ।

२०१ रनको लक्ष्य पाएर ब्याटिङ गरेको विनिपेगले २० ओभरमा तीन विकेटको क्षतिमा,जेपी डुमिनीकाे ५० रन र शाइमन अनवारकाे ५२ रनकाे सहयाेगमा जित हात पारेकाे हाे ।

उपाधिका लागि विनिपेगले भेनकाउभर नाइट्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्