Logo

शिक्षा नीतिका कारण सार्वजनिक शिक्षा कमजोर हुँदै गयो : उपाध्यक्ष कँडेल



Spread the love

२५ साउन, काठमाडौँ l राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले २०५७ सालको शिक्षा नीतिका कारण सार्वजनिक शिक्षा कमजोर हुँदै गएको बताएका छन् l

राजधानीमा शनिबार राष्ट्रिय युवा महासंघ नेपालले गरेको ‘सार्वजनिक शिक्षा प्रणालीका आयामहरू’ अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउदै उपाध्यक्ष कँडेलले यस्तो बताएका हुन् ।

परिवर्तनको नाममा २०५७ सालमा गल्ती भएको उपाध्यक्ष कँडेलले बताए । उनले भने, ‘निजिकरण गर्ने क्रममा २०५७ सालमा शिक्षा नीति बनायौँ त्यसमा प्राइभेट कम्पनीबाट विद्यालय सञ्चालन गर्ने व्यवस्था गर्‍यौँ, त्यसै बेलादेखि दिन दुई गुणा र रात चौगुणाका हिसाबले सार्वजनिक शिक्षा कमजोर हुँदै जाने र निजी शिक्षा सबल हुँदै जाने काम भयो ।’

निजी शिक्षा मुनाफामुखी भएकाले बढी दबाब हुने र शिक्षक पनि सोहीअनुसार केन्द्रित हुने भएकाले निजी शिक्षा गुणात्मक जस्तो देखिएको बताउदै परीक्षाको नतिजा मात्र गुणात्मकताको मापन गर्ने आधार नभएको उपाध्यक्ष कँडेलले प्रष्ट पारेका छन् । अन्तरक्रियामा शिक्षाविद् मनप्रसाद वाग्ले, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा लगायतकाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्