Logo

जनता दोहोरो करको मारमा पर्‍यो : अध्यक्ष प्रचण्ड



Spread the love

 

 

२५ साउन, काठमाडौँ l सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वसाधारण डब्बल करको मारमा परेको भन्दै असन्तुष्टि जनाएका छन् ।

ठाउँठाउँमा सिंहदरबार भनिएता पनि कतिपय स्थानमा उल्टो भएको तथा जनताले एउटै विषयमा डब्बल वा तेब्बल कर तिनुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डले बताए ।

चौथो सामुदायिक वन दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै उनले भने, ‘सबैले कर लगाएर जनताको थाप्लोमा करको भारी थोपर्न तीन तहको सरकार स्थापना गरेको होइन ।’

तीन तहको सरकारले एउटै विषय कर लगाउँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले जनताको अधिकार स्थापित गर्छ भन्ने विश्वासमाथि प्रश्न उठ्ने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘आफैँलाई विडम्बना लाग्छ । रोपेको एउटा थियो, अर्कै उम्रिन खोजेको छ ।’

उनले अघि भने, ‘जनताले हिजो जिल्लामा पाएको सेवाका लागि काम प्रदेशमा जाने भनेको होइन । घरदलौमा दिने भनेका हो । तर कयौँ ठाउँमा उल्टो भएको छ ।’

नेकपाका अध्यक्ष प्रचण्डले सबै सरकारले विधेयकहरू बनाउन क्रममा एकआपसमा बाझिन सक्ने भन्दै सामुदायिक वनलाई डब्बल कर लगाउन नदिइने आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्