Logo

सात महिना साने मैदान बाहिर रहने



Spread the love

२५ साउन, काठमाडौं । म्यानचेस्टर सिटी तथा जर्मनी राष्ट्रिय टोलीका विंगर लिरोए साने कम्तीमा सात महिना मैदान बाहिर रहने भएको छ ।

सिटीका प्रशिक्षक पेपले साने सात महिना मैदान बाहिर रहने बताएका छन् । लिभरपुलविरुद्ध कम्युनिटी शिल्ड अन्तर्गतको खेलमा सानेले एन्टेरियर क्रिउसेट लिगामेन्टको चोट बोकेका थिए । खेलको १३औं मिनेटमा उनी चोटका कारण मैदानबाट बाहिरिएका थिए ।

उनको सट्टामा गाब्रियल जेसस मैदान छिरेका थिए । खेलमा सिटी पेनाल्टी सुटआउटमा ५–४ ले विजयी हुदै च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्