Logo

७१औँ समूहको सैन्य तालीम पूरा



Spread the love

२४ साउन, काठमाडाैँ – श्री नं– १ तालीम गण त्रिशूली नुवाकोटका ७१औँ समूहका सैन्य तालीममा सहभागीे ‘सैन्य आधार तालीमको अन्तिम दलले कवाज’ पूरा भएसँगै ३५२ जना सैन्य आजदेखि सिपाही भएका छन् ।

सैन्यबाट सिपाही भएकालाई सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक (उपरथी) शशिचन्द्रबहादुर सिंहले एक समारोहकाबीच अन्तिम दलले कवाज निरीक्षण गर्दै जनता, सैनिक सङ्गठन र राष्ट्रको रक्षाका लागि जिम्मेवारी बहन गर्न निर्देशन दिए ।

तालीममा १६२ महिला र १९० पुरुष सैन्य सकल दर्जाका सिपाहीका रुपमा सफल भएका गणपति प्रमुख सेनानी खेमराज शर्माले जानकारी दिए । करीब दश महीनासम्म सञ्चालन भएको सैन्य आधार तालीममा उत्कृष्ट महिलातर्फ सिपाही सङ्गीता आलेमगर र पुरुषतर्फ सिपाही निरोज श्रेष्ठलाई उपरथी सिंहले नेपालको गौरव ‘गोर्खाली खुकुरी’ र प्रशंसा–पत्रले सम्मान गरे ।

प्रतिक्रिया दिनुहोस्