Logo

अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु पर्दैन : उपनेता नेम्बाङ



Spread the love

२४ साउन, इलाम । अधिकारका लागि अब मुलुकमा हतियार उठाउनु नपर्ने संविधानसभाका नेकपाका उपनेता सुवासचन्द्र नेम्बाङले बताएका छन् l

स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभामा सहभागिता जनाउँदै उपनेता नेम्बाङले संविधान संशोधन मार्फत अधिकार पाउन सकिने भएकाले यसको लागि अब कसैले हतियार उठाउनु नपर्ने बताएका हुन् ।

उनले भने, “संविधान सबै दल मिलेर ल्यायौँ। त्यसरी नै संविधान संशोधनमार्फत अधिकार लिन पनि सकिन्छ, मुख्य दलहरू एक ठाउँमा उभिँदा संविधान निर्माण भयो । त्यसरी नै सहकार्य गरेर अघि बढ्नुपर्ने बेला भएको छ ।”

वर्तमान सरकार जनताको सपना पूरा गर्न कुनै पनि हालतमा पछि नहट्ने जिकिर उपनेता नेम्बाङले गरे l उपनेता नेम्बाङले मुलुक संविधान कार्यान्वयनको दिशातर्फ उन्मुख भएकाले सबैको सहकार्यमा संविधान कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

मुलुकको व्यवस्था बिग्रन नदिई संविधान कार्यान्वयन गर्नुपर्छ भन्दै उनले एकता बद्ध भए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा हुने उल्लेख गरे ।

उनले भने, “मैले यही विद्यालयबाट कक्षा ७ देखि एसएससीसम्म पढे। कतिपय कक्षामा त एउटै शिक्षकले धेरै विषय पनि पढाउनुहुन्थ्यो, अहिले मैले पढेको विद्यालयभन्दा खुसी लाग्छ। हामी कति विकसित भयौँ। त्यता पनि सोच्नु आवश्यक पर्छ।”

प्रतिक्रिया दिनुहोस्