Logo

मेस्सी, रोनाल्डो र माने उत्कृष्ट फरवार्डको मनोनयनमा



Spread the love

२४ साउन, काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाका लियोनल मेस्सी र इटालियन क्लब युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोसँगै साडिओ माने च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट स्ट्राइकर अवार्डका लागि मनोनयनमा परेका छन् ।

युएईएफएले बिहिबार साँझ सार्वजनिक गरेको च्याम्पियन्स लिगको उत्कृष्ट स्ट्राइकरको मनोनयनमा मेस्सी, रोनाल्डो र लिभरपुलका माने परेका हुन् ।

गत सिज लिभरपुल च्याम्पियन बन्ने क्रममा मानेले १३ खेलमा ४ गोल गरेका थिए भने तीन गोल असिस्ट गरेका थिए । लिओनल मेस्सीले १० खेलमा १२ गोल गरेका छन् भने तीन गोलका लागि असिस्ट गरेका छन् । यस्तै रोनाल्डोले ९ खेलबाट ६ गोल गरेका थिए भने तीन गोलका लागि असिस्ट गरेका थिए ।

मिडफिल्डरको मनोनयनमा फ्राङकी डी जोङ, क्रिष्टियन इरिकसन र जोर्डन हेन्डरसन छन् भने डिफेण्डरमा ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड, म्याथिज डी लिग्ट र भर्जिल भान डाइक छन् । त्यस्तै ,उत्कृष्ट गोलकिपरको मनोनयनमा आलिसन बेकर, हृयुगो लोरिस र टेरेस्टेन छन् ।

आगामी अगष्ट २९ तारिखमा सबै विधाको विजेता घोषणा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्