Logo

चोरीको आरोपमा पक्राउ



Spread the love

२३ साउन, काठमाडाैँ – चोरीको आरोपमा काठमाडौँ महानगरपालिका–१४ कलङ्कीबाट एक जना पक्राउ परेका छन् । स्थानीय मदन झाको बन्दै गरेको घरबाट वाइरिङका तार चोर्दै गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मकवानपुरका प्रशान्त थोकरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिई शरीर जाँच गर्ने क्रममा सालकको खबटा जस्तो देखिने वस्तु ८३ टुक्रा, कस्तुरीको विना जस्तो देखिने वस्तु र रु ६० हजार बराबरको विभिन्न प्रकारका वाइरिङका तार बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

लागुऔषदसहित पक्राउ

काठमाडौँ महानगरपालिका–१४ बल्खुबाट कुलेश्वर बस्ने मोरङ रङ्गेली नगरपालिका–६ घर भएका २६ वर्षीय लक्की सिंह लागू औषधसहित पक्राउ परेका छन् । उनको साथबाट लागूऔषध नाइट्राभेट २८ थान, ट्रामा ३२० थान, गाँजा करीब ५० ग्राम र रु ४४ हजार बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्