Logo

संविधान बालबालिकाको खेलौना होइन : नेता शर्मा



Spread the love

२३ साउन, काठमाडौँ l नेकपाका नेता जनार्दन शर्माले संविधानलाई खेलौनाका रूपमा नलिन चेतावनी दिएका छन् ।

नेता शर्माले आज संसद्को विशेष समयमा संविधानमा उल्लेख भएका महत्त्वपूर्ण विषयलाई कार्यान्वयन गर्न सन्दर्भमा हेलचेत्र्याइ भएको भन्दै आपत्ति जनाएका हुन् ।

नेपालको संविधानको महत्वपूर्ण विशेषताका रूपमा लिइएको सङ्घीयता र समावेशीतालाई कार्यान्वयन गर्न सरकारबाट बेवास्ता भएको आरोप नेता शर्माले लगाएका छन् ।

उनले संविधान ठुलो बलिदानबाट आएकाले त्यसलाई बालबालिकाको खेलौनाका रूपमा नलिन चेतावनी दिए । उनले भने, ‘सङ्घीयता समावेशीताविरुद्ध आवाज सुनिन थालेको छ । प्रदेश नभए पनि हुन्छ भन्ने आवाज सुनिन थालेको छ । संविधानमा नै प्रश्न उठाउने सुरु भएको छ । त्यसलाई मान्न सकिँदैन । संविधानलाई गुडियाका रूपमा नलियोस्, चेतावनी दिन चाहन्छु । यो त्याग र बलिदानबाट आएको हो l’

सत्यनिरुपण मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धि आयोगलाई पूर्णता नदिएको भन्दै आपत्ति नेता शर्माले जनाएका छन् ।

उनले भने, ‘सत्यनिरुपण तथा मेलमिलता आयोगले किन पूर्णता पाएको छैन । के कारणले गर्दा नियुक्ति प्रक्रिया अगाडि बढ्न सकेको छैन? अन्तर्राष्ट्रिय रूपमा पनि प्रश्न सोधिन थालेको छ । हेलचेत्र्याए हुनु, ध्यान नदिनु शान्ति सम्झौता विपरीत गराएको मान्न सकिन्छ । तत्काल आयोग गठन गरियोस् l’

प्रतिक्रिया दिनुहोस्