Logo

ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु



Spread the love

काठमाडौँबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले धादिङको धुनीवेशी नगरपालिका–६, नौबीसेमा बुधवार राति ११ः३० बजे ठक्कर दिँदा अन्दाजी ४२ वर्षीय भारतीय नागरिक सत्य नारायण दासको मृत्यु भएको छ ।

दास भारत पश्चिम चम्पारनका स्थायी बासिन्दा भएको खुलेको छ । ट्रकको ठक्करबाट घाइते दासलाई उपचारका लागि नेसनल अस्पताल कलङ्की पुर्‍याइएको थियो उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रवक्ता प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीले बताए ।

ट्रक र त्यसका चालक सुनौली नगरपालिका–९ का ३५ वर्षीय यम बहादुर पाइजा मगरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको धादिङका प्रवक्ता प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्