Logo

गाडी धोएर मात्रै काठमाडौँ भित्त्रिन दिऔँ : सांसद बस्नेत



Spread the love

२२ साउन, काठमाडौँ l काठमाडौँलाई धूलोधूवाँ मुक्त सहर बनाउन राजधानीमा भित्रिने गाडीलाई धोएर मात्रै प्रवेश दिइनुपर्ने तर्क सांसद महेश बस्नेतले अघि सारेका छन् l

प्रतिनिधिसभाको आज बसेको बैठक ‘खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न विधेयकमाथिको’ छलफलमा उपस्थित जनाउँदै सांसद बस्नेतले काठमाडौँ भित्रने गाडीलाई अनिवार्य धुनु पर्ने र ढुङ्गा, बालुवा बोकेका ट्रकलाई गुड्न रोक लगाइनुपर्ने तर्क अघि सारेका हुन् ।

सांसद बस्नेतले भने, “सहरमा सोलारबाट चल्ने गाडीहरूलाई प्रोत्साहन गर्ने, सहर पस्ने गाडीहरूलाई धुने पखाल्ने व्यवस्था गर्नुपर्छ l” पिउने पानी नआउँदा महसुल तिर्नु नपर्ने र खानेपानीलाई घरेलु उद्योगको रूपमा स्वीकार गरिएको भन्दै सांसद बस्नेतले विधेयकको स्वागत गरे ।

सांसद बस्नेतले उत्सर्जित फोहोरको व्यवस्थापन गर्न चाउचाउका खोल र पोलिथिन झोला फिर्ता गर्दा एक रुपैयाँ भुक्तानी दिने चलनको विकास गर्नुपर्ने तर्क गरेका छन् l

प्रतिक्रिया दिनुहोस्