Logo

माइतीघर मण्डला अगाडी सकेट बम फेला, सेनाले गर्‍यो डिस्पोज



Spread the love

२२ साउन, काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलास्थित सेन्टजेभियर्स कलेज अगाडि बुधवार बिहानै सकेट बम फेला परेको हाे ।

बुधवार बिहानै भेटिएको शङ्कास्पद वस्तु सकेट बम भएको र बम भेटिए लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय गरेको, महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

विगतमा बमसँगै पर्चा भेटिने गरे पनि यो बम सँग माइतीघरमा त्यस्ता केही पनि फेला नपरेकाले बम कसले राख्यो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको एसएसपी ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्