Logo

तीजलाई भड्किलो र खर्चिलो नबनाउन स्थानीय प्रशासनको आग्रह



Spread the love

२२ साउन, बुटवल । हिन्दु नारीहरूको मुख्य चाड ‘तीज’ लाई भड्किलो र खर्चिलो नबनाउन स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

मङ्गलवार विज्ञप्ति जारी गर्दै तनहुँ र रुपन्देही जिल्ला प्रशासन कार्यालयले तीजका नाममा होटेल र पार्टी प्यालेसमा गएर भड्किलो र फजुल खर्चिलो कार्यक्रमहरू नगर्न सुझाव दिएको हो ।

होटेल तथा पार्टी प्यालेसमा गएर होहल्ला गर्दै कार्यक्रम गरी ध्वनि प्रदूषण गर्नुका साथै महँगा गर-गहना प्रदर्शन गरेर भड्किलो गरी तीज मनाए कानुन अनुसार कारबाही गर्ने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

मौलिक धर्म, संस्कृति तथा रीतिरिवाजलाई जस्ताको तस्तै जोगाएर त्यसको संवर्धन र विकास गर्नु हाम्रो कर्तव्य हो भन्ने कुरालाई नभुल्न आग्रह गर्दै, तीज भदौ १५ देखि १७ गतेसम्म परेको तर होटेल र पार्टी प्यालेसमा बुकिङ सुरु भएको भन्दै स्थानीय प्रशासनले एक दिन अघि दर खाने र तीजको दिन नाचगान गरेर मनाउने मौलिक परम्परा स्मरण गराएको छ ।

प्रतिक्रिया दिनुहोस्