Logo

अष्ट्रेलियासँगको दोस्रो टेष्ट एन्डर्सनले गुमाउने पक्का



Spread the love

२१ साउन, काठमाडौं । अष्ट्रेलियाविरुद्धको एसेज सिरिजको दोस्रो टेष्ट क्रिकेट इंग्ल्यान्डका तीव्रगतिका बलर जेम्स एन्डर्सनले गुमाउने भएका छन् ।

जेम्सको खुट्टामा चोट लागेसंगै उनि लर्ड्स टेष्ट अघिसम्म पूर्णरुपले ठीक नहुने भएपछि टिम बाहिर हुने भएका हुन् । इंग्ल्यान्डका लागि टेष्ट क्रिकेटमा कीर्तिमानी विकेट लिने एन्डर्सनको एमआरआईबाट चोट लागेको पुष्टि भएसंगै उनी टोलि बाहिर रहेको आईसीसीले जनाएको छ ।

पहिलो खेलमा एन्डर्सनले चार ओभर मात्रै बलिङ गरे । उनले फिल्डिङ गर्ने क्रममा चोट बोक्न पुगेका थिए । चार ओभर बलिङ गरेका उनले तीन ओभर मेडन राखेर मात्र एक रन खर्चिएका थिए ।

अष्ट्रेलिया र इंग्ल्यान्डबीचको दोसो टेष्ट क्रिकेट यही अगष्ट १४ तारिखदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्