Logo

सभापति देउवाले भने- प्रधानमन्त्री ओली हिटलरको बाटो हिँड्न खोजे



Spread the love

 

२१ साउन, काठमाडौँ l नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् ।

नेकपा नेतृत्वको सरकारले एकाएक जनअपेक्षा विपरीतका विधेयक ल्याएको उल्लेख गर्दै सभापति देउवाले सरकार सत्ता कब्जाको बाटोमा हिँडेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई जर्मन शासक हिटलरसँग तुलना गरेका छन् ।

कास्कीमा आज पत्रकार महासङ्घले गरेको पुरस्कार वितरण कार्यक्रममा सहभागिता जनाउँदै सभापति देउवाले भने, ‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए । सदनमा एकपछि अर्को अनेकथरी विधेयक ल्याएर पास गर्न खोजेर प्रधानमन्त्रीजी त्यहीँ बाटोमा हिँड्न खोजेका छन् l’

प्रेस काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयकजस्ता विधेयक ल्याएको भन्दै सभापति देउवाले फिर्ता लिन सरकारलाई आग्रह गरे ।

सभापति देउवाले सरकारले गरेको राम्रा कामको प्रशंसा गर्ने बताउँदै नराम्रा काम गरेमा जनताको साथ लिएर खबरदारी गर्ने बताएका छन् । उनले भने, ‘हामीले सडकमा आन्दोलन गरेको छैन । रेलिङ भाँचेको छैन, सरकार सुध्रिएन भने जनतासँगै सडक संघर्षमा जान्छौं ।’

प्रतिक्रिया दिनुहोस्