Logo

ग्लोबल टि–२० : सोमपाल सम्मिलित विनिपेग हक्स क्रिस गेलको टोलीविरुद्ध उत्रदै



Spread the love

२१ साउन, काठमाडौं । ग्लोबल टि–२० क्यानडा क्रिकेट लिग अन्तर्गत सोमपाल कामी सम्मिलित विनिपेग हक्सले बुधबार भ्यान्कउभर नाइट्ससँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयानुुसार बुधबार बिहान २ : १५ बाट सुरु हुनेछ।

२ अंकसहित सोमपालको टोली हक्स पाँचौ र नाइट्स ७ अंकसहित दोस्रो स्थानमा रहेको छ। हक्सले ५ खेलमा २ मा जित र ३ मा हार ब्यहोर्दा नाइट्सले भने ३ खेलमा जित र एक खेलमा मात्रै हार व्यहोरेको छ।

हक्सले सोमपालाई चौथो खेलमा भने सुरुवाति एघारमा नै राखेको थियो। तर, उनको डेब्यू सुखद रहेन्। उनले ब्याटिङमार्फत ५ बलमा १ रनमात्रै जोड्न सके भने २ ओभर बलिङ गर्दै ३३ रन खर्चिएका थिए।

प्रतिक्रिया दिनुहोस्