Logo

प्रहरीद्वारा विप्लव समूहका तिन नेता पक्राउ



Spread the love

२१ साउन, काठमाडौँ l नेपाल प्रहरीले काठमाडौँबाट नेत्रविक्रम चन्द विप्लव समूहका केन्द्रीय सदस्यसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्य डम्बरबहादुर गुरुङ, वैकल्पिक केन्द्रीय सदस्य मकर गुरुङ र उमा गुरुङ रहेका छन् l

उनीहरूलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार पक्राउ गरेको हो l प्रहरीले बत्तीसपुतलीमा पार्टीको रणनीति निर्माण गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको थियो l पक्राउ परेका तीनै जनामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्