Logo

प्रहरीको पहलमा अवरुद्ध यातायात सुचारु



Spread the love

२१ साउन, काठमाडौँ l नेपाल प्रहरीले स्थानीयवासी तथा व्यापारीले अवरुद्ध गरेको चाबहिल–बौद्ध सडक खण्डको यातायात खुलाएको छ l प्रहरीले १ महिनाभित्र सडक पिच गर्न सम्बन्धित निकायमा पहल गर्ने विश्वास दिलाए पश्चात् स्थानीयले यातायात खुलाएका हुन् ।

केही समय अघि आन्दोलनकै कारण काम सुरु भएता पनि सडकको अवस्थामा अपेक्षाकृत सुधार नभएपछि स्थानीयहरू प्रदर्शनमा उत्रिएका थिए l विगतदेखि निरन्तर धुलो र हिलोको सास्ती झेलेको र अब सहन नसक्ने स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्