Logo

नेपाली कांग्रेस र राजपाले गरे संसदीय समिति गठनको माग स्थगित, संसद्को अवरोध हट्यो



Spread the love

२० साउन, काठमाडौँ l विपक्षी दल नेपाली काँग्रेस र राजपा नेपालले बारम्बारता अवरोध गर्दै आएको संसद् खोल्न सहमति भएका छन् ।

नेपाली काँग्रेस र राजपाले सर्लाही घटनाको छानबिन गर्न संसदीय समिति गठनको माग स्थगित गर्दै सदनको अवरोध हटाउन सहमत भएका हुन् ।

आज बसेको सर्वदलीय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति हुनका साथै फेरि यस्तो गतिरोध नहोस् भनेर सुझाव दिन ७ सदस्यीय विशेष समिति गठन गर्ने पनि सहमति भएको छ । विशेष समितिको संयोजकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ रहने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्