Logo

आज ११ बजे बोलाएको संसद् बैठक १ बजेसम्मलाई सारियो



Spread the love

२० साउन, काठमाडौँ l संसद् भवन नयाँ बानेश्वरमा अवरुद्ध संसद् खुलाउन सभामुख र दलका नेताहरूबिच छलफल जारी छ । संसद्मा यसअघि भएका छलफलमा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्ना अडान छाडेका थिएनन् जसका कारण सहमति जुट्न सकेको थिएन l

सहमति जुट्न नसकेका कारण आज ११ बजेका लागि बोलाइएको संसद् बैठक १ बजे सम्मलाई सारिएको छ । सङ्घीय संसदका महासचिव मनोहर प्रसाद भट्टराईले ११ बजेका लागि बोलाइएको संसद् बैठक १ बजेलाई निर्धारण गरिएको जानकारी दिए ।

प्रमुख प्रतिपक्ष काँग्रेस र राजपा नेपालले सर्लाहीमा भएका छुट्टाछुट्टै घटना(कुमार पौडेलको हत्या र सरोजनारायण सिंहको मृत्यु) बारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राख्दै संसद् बैठक असार २४ यता अवरुद्ध गर्दै आएको छ ।

उनीहरूले संसदीय छानबिन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान राख्दै आएका छन् । नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको असार ५ गते प्रहरीको गोली लागि मृत्यु भएको थियो भने सरोजनारायण सिंहको क्रसर उद्योगले खनेको खाल्डोमा डुबेर बालकको ज्यान गएको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्