Logo

पर्यटन मन्त्रीद्वारा मिस्टर वर्ल्ड प्रतियोगी अक्षयलाई बिदाइ



Spread the love

२० साउन, काठमाडौँ l संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मिस्टर वर्ल्ड – २०१९ का प्रतियोगी अक्षयजंग रायमाझीलाई बिदाइ गरेका छन् ।

आज मन्त्री भट्टराईले अक्षयलाई शुभकामना दिँदै बिदाइ गरेका हुन् । अक्षय प्रतियोगीतामा सहभागी हुन आज फिलिपिन्स जाँदै छन् । प्रतियोगीताको लागि स्वयं निकै उत्साहित भएको अक्षयले बताएका छन् ।

अक्षयले भने, ‘भोलिदेखि प्रतियोगीता सुरु हुँदै छ, मलाई केही प्रेसर फिल भइरहेको छ । तर कम्तीमा पनि १०० जना प्रतिस्पर्धीको बिचमा म उभिँदा आफूले सके जति उत्कृष्ट काम गर्छु, नेपालको नाम राख्नलाई म धेरै मेहनत गर्छु ।’ अक्षयजंग रायमाझी मिस्टर नेपाल २०१७ का विजेता हुन सफल भैसकेका छन् l

प्रतिक्रिया दिनुहोस्