Logo

आजदेखि शुभकामना तथा बधाईका लागि समय नछुट्टयाउने : पर्यटनमन्त्री भट्टराई



Spread the love

२० साउन, काठमाडौँ l संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बधाई तथा शुभकामना ग्रहणका लागि समय नछुट्टयाउने बताएका छन् ।

मन्त्री भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “यहाँहरूले मप्रति देखाउनु भएको भरोसा र विश्वास कहीँ कतै टुट्न नदिने र यहाँहरू सबैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशील रहने विश्वास दिलाउन चाहन्छु । शुभकामना र बधाई दिने क्रममा सार्वजनिक भएका केही तस्बिरहरूलाई लिएर मप्रति अन्यथा नवुझिदिनहुन सम्पूर्ण शुभेच्छुक महानुभावहरूमा हार्दिक अनुरोध गर्दछु,मन्त्रालयको कार्यव्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाईका लागि समय उपलब्ध गराउन कठिनाइ हुने कुरा सविनय अनुरोध गर्दछु l “

मन्त्री पद हासिल गरे लगत्तै पत्रपत्रिकामा बधाई, शुभकामना नछाप्न र स्वयंलाई उच्च आदरार्थी शब्द प्रयोग नगर्न आग्रह गरेता पनि तीन दिन लगातार शुभकामना र बधाईमै समय खर्च भएको थियो । आज सामाजिक सञ्जाल मार्फत मन्त्री भट्टराईले मन्त्रालयको कार्य व्यस्तताले गर्दा आजदेखि शुभकामना तथा बधाईका लागि समय निकाल्न कठिनाइ हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्