Logo

भारतको आक्रामक व्यवहारले क्षेत्रमा नयाँ सङ्कट पैदा हुन सक्छ : प्रधानमन्त्री खान



Spread the love

२० साउन, काठमाडौँ l पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउँदै भारतको आक्रामक व्यवहारले क्षेत्रमा नयाँ सङ्कट पैदा हुन सक्ने बताएका छन् ।

भारतले नियन्त्रित रेखा पारी नागरिकलाई केन्द्र बनाएर हमला गरिरहेको आरोप प्रधानमन्त्री खानले लगाए l ट्वीट गर्दै प्रधानमन्त्री खानले भने, ‘म भारतको तर्फबाट नियन्त्रण रेखा पारी निर्दोष नागरिकमाथि हमला र क्लस्टर बमको प्रयोगको आलोचना गर्छु । यो मानवीय कानुन र भारतको सन् १९८३ को पारम्परिक हतियारमाथि कन्भेन्सनको प्रतिबद्धताको उल्लंघन हो । संयुक्त राष्ट्र सुरक्षा परिषदले शान्ति र सुरक्षाका लागि यो अन्तर्राष्ट्रिय खतराबारे जानकारी लिनुपर्छ ।’

अर्को एउटा ट्वीटमा प्रधानमन्त्री खानले भने, ‘कब्जा गरिएको कश्मिरमा बसिरहेका मानिसहरूको पीडाको त्यो अत्यास लाग्दो लामो रातलाई अन्त्य गर्ने बेला आएको छ । उनीहरूलाई संयुक्त राष्ट्र सुरक्षा परिषदको सम्झौता अनुसार आफ्नो भाग्य स्वयं छान्ने अधिकारको प्रयोग गर्न दिनुपर्छ । कश्मिरको शान्तिपूर्ण र न्यायपूर्ण समाधानले नै दक्षिण एशियामा शान्ति र सुरक्षाको मार्ग प्रशस्त हुन्छ ।’

स्वयंको ट्वीटमा प्रधानमन्त्री खानले भारतीय बलको आक्रामक कारवाहीले क्षेत्रमा नयाँ सङ्कट पैदा गर्न सक्ने बताएका छन् । उनले भने, ‘राष्ट्रपति ट्रम्पले कश्मिरमा मध्यस्थताको प्रस्ताव दिएका छन् । अब यस्तो गर्ने बेला आएको छ किनभने भारतीय बलको नयाँ आक्रामक कारवाहीका कारण कश्मीरमा र नियन्त्रण रेखामा स्थिति खराब भइरहेको छ । यसको क्षेत्रीय सङ्कटमा परिवर्तन हुने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस्