Logo

हेगलाई ठट्टामजाकको विषय नबनाऔं : अध्यक्ष भट्टराई



Spread the love

१९ साउन, काठमाडौँ l समाजवादी पार्टीका सङ्घीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘हेग’लाई मज्जाकको विषय बनाउन नहुने बताएका छन् ।

अध्यक्ष भट्टराईले हेगलाई ठट्टाको विषय बनाउन नहुने भन्दै वृहत् शान्ति सम्झौता र सत्य निरूपण तथा मेलमिलाप आयोग कुनै पार्टीको वा व्यक्तिको ठेक्का नभएको बताए l

आज ट्वीट गर्दै उनले भने, ‘हेगलाई ठट्टामजाकको विषय नबनाऔं, वृहद शान्ति सम्झौता र सत्यनिरूपण तथा मेलमिलाप कुनै एउटा पार्टी/व्यक्तिको मात्र ठेक्काको विषय हैन ।’

नेपालको शान्ति प्रक्रिया सबै पार्टी र राष्ट्रको सामूहिक स्वामित्व र जिम्मेवारीको विषय रहेको बताउँदै संक्रमणकालीन न्याय सम्पादन छिटो टुंग्याउनुपर्ने अध्यक्ष भट्टराईले बताएका छन् l

उनले आफ्नो ट्वीटमा भनेका छन्, ‘यसलाई छिटो टुंग्याऊँ, आँखाको बदला आँखा’को हम्मुराबीयन सोचले हामी सबैको आँखा फुटाउनेछ ।’

प्रतिक्रिया दिनुहोस्