Logo

विप्लव निकट विद्यार्थी सँगठन अखिल क्रान्तिकरीका केन्द्रिय सदस्य पक्राउ



Spread the love

साउन १९, दाङ । नेकपा विप्लव निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकरीका केन्द्रीय सदस्य हेमन्त जिसी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहका अनुसार घोराही उपमहानगपालिका–१५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको छ ।

शनिबार साँझ साढे ५ बजे लमहीबाट घोराही आउँदै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका जिसीका बारेमा थप अनुसन्धान भइरहेको छ ।

सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि नेता यो समूहका नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ पर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्