Logo

सत्यवतीको चोटमा चन्द्रकोटको मल्हम, ६ लाख भन्दा बढी आर्थिक सहायता प्रदान



Spread the love

१८ साउन, गुल्मी – अविरल वर्षासँगै गएको पहिरोका कारण निकै ठूलो जनधनको क्षती ब्यहोरेर शोकमा डुबेको सत्यवती गाउँपालिकालाई छिमेकी चन्द्रकोट गाउँपालिकाले सहानुभूति प्रकट गर्दै आर्थिक सहायता प्रदान गरेको छ । शनिबार चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीको नेतृत्वको टोली पहिरोग्रस्त क्षेत्र ठुलोलुम्पेकमा पुगि आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

चन्द्रकोट गाउँपालिका स्थित विभिन्न संघ संस्थाद्वारा सङ्कलित ६ लाख ३० हजार ७ सय ५५ रुपैयाँ रकम प्रदान गरिएको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले उल्लेख गरेका छन् । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष खत्रीले भने ” सत्यवती गाउँपालिकालाई परेको पीडामा सिङ्गो चन्द्रकोट गाउँपालिका पनि अत्यन्तै दुखी छ र सत्यवतीको पिडा कम गर्न आँफुहरु सदैव तयार छाैँ ” । साथै खत्रीले थपे  “पहिरोका कारण भौतिक संरचनामा ठुको क्षती पुगेको छ र यसको व्यवस्थापनमा पनि आँफुहरुको सहयोग रहनेछ ।”

त्यस्तै, यता सत्यवती गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले चन्द्रकोट गाउँपालिकालाई धन्यवाद ज्ञापन गर्दै एउटा स्थानीय तहलाई दुख पर्दा अर्को स्थानीयतहले सहयोग गरि मानवता तथा छिमेकीको भुमिका निर्वाह गरेको बताए ।ढकालले सहयोग गर्ने सम्पुर्ण व्यक्ति,संघ सस्था तथा स्थानीय तहलाई विशेष धन्यवाद समेत प्रकट गरे ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्