Logo

प्रभावकारी बन्दै कपडा बैंक



Spread the love

१८ साउन, बुटवल – कपडा बैंक नाम सुन्दा जो कोहिलाई अचम्म लाग्न सक्छ । तर, यहि अचम्म पार्ने नामले समाजका धेरै गरिब तथा निम्न वर्गका मानिसलाई भने राहतको महसुस गराएको छ ।

“तपाईहरुले दिनुहोस् साथ, उज्यालो गराउछौँ हरेक गरिबको अँध्यारो रात” भन्ने मुख्य उद्देश्य राखी गोर्खाली युवा सशक्तीकरणले प्रदेश नम्बर ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा सञ्चालनमा ल्याएको कपडा बैंक प्रभावकारी बन्दै गएको छ । कपडा बैंक सञ्चालन गरि समाजमा रहेका गरिब,अशक्त तथा निम्न वर्गका मानिसहरुलाई केही हदसम्म भए पनि सहयोग पुर्याउने उद्देश्यले यहि साउन १६ गतेदेखि कपडा बैंक सञ्चालनमा आएको हो ।

विभिन्न सामाजिक व्यक्तत्व, जनप्रतिनिधि ,सरसफाइ अभियान्ताहरुको उपस्थितमा थालिएको अभियानले समाजमा रहेका दिनदुखी जसले न्यानोको अनुभुति गर्न पाएका छैनन् त्यस्ता व्यक्तिले यी कपडाहरु सदुपयोग गर्न पाउँदा आँफुमा खुसी छाएको संस्थाका अध्यक्ष भरत पुरिले उल्लेख गरे ।

त्यस्तै, संस्थाका कोषाध्यक्ष मदन ज्ञवालीले भने, “धेरै व्यक्तिले सहयोग गर्दै आउनु भएको छ र यो अभियान कुनै लगानि बिना सहज रूपमै चलाएका छौँ । साथै यसै अभियानबाट हरेक ठाउँका युवाहरुमा सकारात्मक सोच र उर्जा प्रदान गर्न सहयोग मिल्नेमा आँफू आशावादी छु” ।

अहिले उक्त कपडा बैंकबाट दैनिक ८०-९० जनाले सेवा लिईरहेको संस्थाका सदस्य भरत क्षेत्रीले जानकारी दिएका छन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्