Logo

देशमा आज केही पनि भएको छैन भन्ने नठान्नुस् : नेता गौतम



Spread the love

 

१८ साउन, काठमाडौँ l नेकपाका सचिवालय सदस्य बामदेव गौतमले स्वयंलाई पनि सङ्घीयता चित्त नबुझेको बताएका छन् ।

जीवराज आश्रित दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा सहभागिता जनाउँदै नेता गौतमले मदन भण्डारी र आश्रितको आधा सपना आफूहरूले पूरा गरेको दाबी गरे ।

उनले भने, ‘देशमा आज केही पनि भएको छैन भन्ने नठान्नुस् l हामीले राजतन्त्र समाप्त गर्‍यौँ। त्यसको ठाउँमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । कतिपयलाई सङ्घीयता चित्त बुझेको छैन। मलाई पनि अलिअलि चित्त बुझेको छैन ।’

जननेता भण्डारीलाई भनेर आश्रितलाई भने कुशल सङ्गठन मात्रै भनिएकोमा स्वयंलाई चित्त नबुझेको नेता गौतमले बताएका छन् । उनले भने, ‘चित्त नबुझे पनि त्यो भइसकेको छ l ‘ उनीहरूले देखाएको मार्गमा अघि बढ्ने नेता गौतमको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्