Logo

वायु सेवा निगमले माग्यो चाइनिज जहाज उडाउने पाइलट



Spread the love


१८ साउन, काठमाडौँ । नेपाल वायु सेवा निगमले १७ सिट क्षमता भएका ४ वटा साना चिनियाँ जहाज उडाउनका लागी ‘लाइन क्याप्टेन’का रूपमा ८ जना पाइलटका लागि शुक्रवार दरखास्त आह्वान गरेको छ ।

दुर्गम भेगका विमानस्थलमा उडाउने गरी खरिद गरिएका यी १७ सिट क्षमताका जहाज चल्न योग्य अवस्थामा रहे पनि निगमले पाइलटको अभावमा यी चिनियाँ जहाजलाई उडाउन सकिरहेको छैन ।

१५ दिन भित्र दरखास्त बुझाउन सकिने नेपाल एयरलाइन्सले जानकारी दिएको छ । ३ हजार उडान अनुभव भएका र उस्तै मोडलका जहाज उडाएका पाएलटले यी जहाज उडाउन पाउने गरी दरखास्त मागिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि विभिन्न पदमा जनशक्ति भर्ना प्रक्रिया थालेको छ । प्राधिकरणले पनि शुक्रवार विज्ञापन खुलाएर जनशक्ति आह्वान गरेको हो । आर्थिक प्रशासन, एयर ट्राफिक सर्भिस, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियरिङ, एभिएसशन फायर सर्भिसेज, फ्लाइट अपरेसन सर्भिसेस, सूचना प्रविधिजस्ता पदमा १ सय ३९ जनाका लागि दरखास्त माग गरिएको छ । यसमध्ये सबैभन्दा धेरै एयर ट्राफिक सर्भिसे जमा ३८, एयर फायर सर्भिसेज (चौथो तह) ३० र एयर फायर सर्भिसेज (पाँचौ तह)मा १७ जनाका लागि रोजगारीको अवसर खुलेको हो । प्राधिकरणले प्राविधिक विषयका पदहरूमा निश्चित समयको अनुभव आवश्यक रहेको समेत उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्