Logo

वर्तमान सङ्घीय व्यवस्थालाई जतिसक्दो चाँडो बिदा गर्नुपर्छ : डा. आचार्य



Spread the love

१७ साउन, काठमाडौँ l संविधानविद् डा. भीमार्जुन आचार्यले वर्तमान सङ्घीय व्यवस्थालाई जतिसक्दो चाँडो बिदा गर्नुपर्ने बताएका छन् ।

प्रदेश नम्बर २ को सरकारले बिहीबार सङ्घीय सरकारको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर गरे पश्चात् डा. आचार्यले त्यस सम्बन्धी टिप्पणी गर्दै यस्तो मन्तव्य राखेका हुन् ।

डा. आचार्यले आफ्नो ट्वीटरमा लेखेका छन्, ‘प्रदेश सरकारले सङ्घीय सरकारको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । आखिर सङ्घीय व्यवस्था मुद्दै मुधा र तनावै तनावको व्यवस्था हो । मुद्दा मामिलामा रमाउनेहरूको लागि यो व्यवस्था स्वर्गीय व्यवस्था हो । यसको क्लाईमेक्स त बाँकी नै छ । सकिन्छ भने जति सक्दो छिटो यसलाई बिदा गरौँ ।’

प्रतिक्रिया दिनुहोस्