Logo

कोठामा एसी नराखेको भन्दै घरपेटीलाई गोली हानी हत्या



Spread the love

१७ साउन, काठमाडौं । फ्रान्सको लेस आर्क्स सुर आर्गेन्समा एक डेरावालले घरपेटीलाई गोली हानेर हत्या गरेका छन् ।

मारीसे मालिन नाम गरेका घरपेटीलाई डेरावालले एसीका विषयमा विवाद हुँदा मालिनलाई पाँच गोली प्रहार गरेको हो ।

डेरावालले घरभित्र अत्यधिक गर्मी भएको कारण घरपेटीलाई एसी राख्न भनेका थिए । तर घरपेटीले अक्टोबरसम्ममा जडान गर्ने बताए पछि  सोहि विषयमा विवाद हुँदा डेरावालले हत्या गरेका हुन् ।

ति डेरावाल सेवानिवृत्त सैनिक हुन् । भने प्रहरीको हिरासतमा रहेका डेरावाल माथि उक्त घटनाको अनुसन्धान चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्