Logo

चार वर्षअघि भूकम्पका कारण क्षतिग्रस्त बनेको मल्लकालीन कोटभैरव मन्दिर बन्दै



Spread the love

१७ साउन, पोखरा । चार वर्षअघि भूकम्पका कारण क्षतिग्रस्त बनेको पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिर बन्ने भएको छ ।

यस मन्दिर कोटभैरव संरक्षण तथा सम्बद्र्धन समितिको सक्रियतामा प्यागोडाशैलीमा नयाँ स्वरुपमा बनाउन थालिएको हो ।

मल्लकालीन समयदेखि अस्तित्वमा आएको ऐतिहासिक क्षतिग्रस्त बनेको मन्दिर २४ फिट उचाइको प्यागोडाशैलीको मन्दिरमा भक्तपुरका कलात्मक इँटाको प्रयोगका साथै झ्याल, ढोका कुँदेर काठका कलात्मक झल्लरीबाट प्राचीन कलायुक्त मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्