Logo

बाढी पीडितहरूको उचित व्यवस्थापनमा सरकार गम्भीर छ : प्रधानमन्त्री ओली



Spread the love

१७ साउन, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपीडितहरूको उचित व्यवस्थापनमा सरकार गम्भीर रहेको बताएका छन् ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग आज बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘बाढी र डुबानको समस्या समाधानको दीर्घकालीन उपायको लागि सरकारले योजना बनाउँदैछ l बर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालीन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ ।’

केही समय भित्रै बाढीले क्षती पु-याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले ओलीले आश्वासन दिएका छन् l

उनले भने, ‘केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहतको केही कार्यक्रम सहित प्रदेश नं २ मा आउँछु l ‘

प्रतिक्रिया दिनुहोस्