Logo

गोरखमा माटोको ढिस्को खस्दा स्काभेटरसहित चालक पुरिए



Spread the love

१७ साउन, गोरखा ।
गोरखाको सिरान चोक गाउँपालिका–१ केराबारीमा पहिरोले एक्साभेटर र चालक पुरिएका छन् ।

आज बिहान गुप्चेखोला नजिकै बाटो खन्ने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–१३ का रमेश तामाङ पुरिएको हो ।

उक्त घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाहरुले तामाङको उद्धारको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्