Logo

अज्ञात समूहद्वारा कैलालीमा पार्किङ गरिएको कारमा आगजनी



Spread the love

१७ साउन, कैलाली ।  कैलालीको गोदावरी नगरपालिका ७ लालपुरमा अज्ञात समूहले कारमा आगजनी गरेको छ ।

बिहीबार राती स्थानीय तिलकबहादुर शाहीले आफ्नै घर अगाडि खुल्ला ठाउँमा बा १५ च ४०९९ नम्बरको पार्किङ गरेर राखिएको कारमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगो कस्ले र किन गरेको भन्ने बारेमा खोज अनुसन्धान भइरहेको र आगजनीका कारण कारको पछाडिको पुरै भाग जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्