Logo

राजधानीमा मेलम्चीको पाइप सफा गर्ने क्रममा दाजुभाइको मृत्यु



Spread the love

१७ साउन, काठमाडौं । काठमाडौँ महानगरपालिका-१६, बालाजु चोकस्थित मेलम्ची खानेपानीको पाइप सफा गर्ने क्रममा दुई मजदुरकाे मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरी कनकपट्टीका सुरेस साह र शिवकान्त साह रहेका छन् । शुक्रबार बिहान मेलम्ची खानेपानी आयोजनाको ठूलो पाइपभित्र प्रवेश गरी सफा गर्ने क्रममा उनीहरू त्यहीँ अड्किएका थिए । भने लामो समय सम्म बाहिर ननिस्किएपछि प्रहरीले डोजर लगाएर खनेर दुवैलाइ अर्धचेत अबस्थामा निकालिएको हो ।

अर्धचेत अवस्थामा बाहिर निकालिएका दुवैलाइ तुरुन्तै उपचारको लागि शिक्षण अस्पताल लगिएको थियो । तर अस्पताल पुर्याउने बित्तिकै उनीहरुको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।

मृतक उनीहरू आफ्नै दाजु भाई हुन् ।

प्रतिक्रिया दिनुहोस्