Logo

एक्लै पनि विदेश यात्रा गर्न पाउने भए साउदी अरेबियन महिला



Spread the love


१७ साउन, काठमाडौँ । शुक्रबार साउदी अरबको शाही सरकाले पुरुष अभिभावकको अनुमतिबिना नै २१ वर्ष माथिका महिलाले विदेश यात्रा गर्न सक्ने आदेश जारी गरेको छ । नयाँ नियमानुसार २१ वर्ष माथिका साउदी महिलाले पनि पुरुष सरह नै पासपोर्टका लागि आवेदन दिन सक्छन् ।

उक्त नियममा अब महिलाले आफ्नो बच्चाको जन्म,आफ्नो विवाह र सम्बन्ध विच्छेदकालागि रजिस्टर गर्न सक्ने अधिकार उल्लेख छ । रोजगारीका अवसरमा महिलालाई थप अवसर दिने र सँगै देशका सबै नागरिकलाई कुनै भेदभाव बिना नै काम गर्ने अधिकार हुनेछ । यसभन्दा अघि साउदी अरबमा महिलालाई विदेश यात्राका लागि पासपोर्टको निवेदन दिन कुनै पुरुष अभिभावकको अनुमति लिनु पर्ने नियम थियो ।

साउदी शासक राजकुमार मोहम्मद बिन सलमानले यसअघि पनि महिलालाई गाडी चलाउनमा लगाइएको प्रतिबन्ध हटाएका थिए उनी महिला सम्बन्धीका विभिन्न प्रतिबन्धमा सुधार गर्दै आएका छन् । सन् २०१६ मा उनले सन् २०३० सम्म देशको अर्थव्यवस्था सुधारको योजनामा कामकाजी महिलाको संलग्नता २२ प्रतिशत बढाएर ३० प्रतिशत पुर्‍याउने उद्धेश्य छ ।

साउदी अरबमा विभिन्न समयमा विभिन्न किसिमका यस्ता खबरहरू छन् । जसमा महिलाले देशको शासन व्यवस्था विरुद्ध विभिन्न किसिमको आरोप लागाउदै अन्य देशमा शरण मागेका छन् ।

प्रतिक्रिया दिनुहोस्