Logo

चितवनमा वडा कार्यालयमा आगजनी, महत्वपुर्ण सामग्री जलेर नष्ट



Spread the love

१७ साउन, चितवन । शुक्रवार बिहान ३ बजे अज्ञात समूहले चितवनको कालिका नगरपालिका वडा नं ३ को कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगजनीबाट कार्यालयभित्र रहेका कागजात, फर्निचर सामाग्री, कम्प्युटर र प्रिन्टर लगायतका महत्त्वपूर्ण सामाग्री जलेर नष्ट भएका छन् ।

आगजनी कसले र किन गरेको हो भन्नेबारे केही नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयवासीको सहयोगमा साढे ३ बजे आगो नियन्त्रणमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्