१७ साउन, काठमाडौँ । भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नगरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो ।
एसएसबीले सूर्योदय नगरपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो ।
एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणाधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन ।
नेपाल–भारत सीमानजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटनामात्र हुन् । एसएसबीले पछिल्लो समयमा दशगजा आसपास सक्रियता तीव्र पार्दै नेपालीलाई नेपालभित्र आएर दुःख दिन थालेको छ ।
एसएसबीको आदेशमा नेपालतर्फ बन्दै गरेको घरको निर्माण रोकेका भोटेले भने,‘ एसएसबीले काम रोक्नु भन्यो अहिले घर बनाएको छैन ।’ यो समाचार अन्नपूर्ण दैनिकमा तोयनाथ भट्टराईले लेखेका छन् ।