Logo

अब कर्मचारी नभएकै कारण बजेट कार्यन्वयन रोकिने अवस्था रहँदैन : मुख्यमन्त्री गुरुङ



Spread the love

१६ साउन, पोखरा l गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अब कर्मचारी नभएकै कारण बजेट कार्यन्वयन रोकिने अवस्था नरहने बताएका छन् ।

प्रदेश लोकसेवा आयोग सदनबाट पारित भइसकेकाले अब प्रदेशलाई आवश्यक कर्मचारी करारमा भएता पनि परिपूर्ति गरिने मुख्यमन्त्री गुरुङले जानकारी गराए ।

बुधवार प्रदेश नीति तथा योजना आयोगले गरेको प्रदेश सरकारको समीक्षा कार्यक्रममा मन्त्रालयगत प्रस्तुति दिने क्रममा सबै मन्त्रालयले मुख्य समस्याको रूपमा कर्मचारीको अभाव रहेको बताएका थिए l

सोही प्रसङ्गको जवाफ दिने क्रममा मुख्यमन्त्री गुरुङले अब कर्मचारी अभावको समस्या नरहने स्पष्ट पार्दै समीक्षामा उठेको जग्गा प्राप्तिको समस्या यो वर्ष समाधान हुने पनि उनले दाबी गरेका छन् ।

सङ्घ सरकारले गत आर्थिक वर्षमा प्रदेशले जग्गा प्राप्तिका लागि पठाएको प्रस्ताव स्वीकृत गरेको छैन । तर, अव प्रस्ताव पठाएको तीन महिनाभित्र भोगचलनको अधिकार प्राप्त गर्न सकिने मुख्यमन्त्री गुरुङले जानकारी गराएका छन् l

मुख्यमन्त्री गुरुङले कार्यविधिको समस्या हटेको, कर्मचारी समस्या नहुने र गत वर्षको अनुभवको आधारमा बजेट कार्यन्वयनको ९५ प्रतिशत लक्ष्यमा पुग्ने गरी लाग्न मातहतका निकायलाई निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्