Logo

संसद भवनमा सर्वदलीय बैठक सुरु



Spread the love

१६ साउन, काठमाडौँ l संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुख कृष्णबहादुर महराले डाकेको सर्वदलीय बैठक सुरु भएको छ ।

आज बसेको बैठकमा सत्ता पक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङ लगायत सहभागी छन् ।

प्रमुख प्रतिपक्ष काँग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाल लगायत छन् भने सो बैठकमा प्रतिपक्षी राजपा अध्यक्ष मण्डल राजकिशोर यादव, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण लगायतको उपस्थिति रहेको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र राजपा नेपालले संसदीय छानबिन समितिको माग गर्दै निरन्तर संसद‍् अवरुद्ध गर्दै आएका छन् । संसदीय सर्वोच्चता कायम गरिनुपर्ने, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कुमार पौडेल लगायतको गैरन्यायिक हत्याको छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने र बलात्कारपछि मारिएकी निर्मला पन्तका अपराधी पत्ता लगाउनुपर्ने लगायतका माग राख्दै संसद् अवरुद्ध हुँदै आएको हो l

प्रतिक्रिया दिनुहोस्