Logo

विप्लव समूहका ३ जना कार्यकर्ता वडा कार्यालयमा आगजनी गरेको आरोपमा पक्राउ



Spread the love

१६ साउन, रौतहट ।  नेत्र विक्रम चन्द विप्लव समूहका ३ जना कार्यकर्तालाई चन्द्रपुर नगपालिका-३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रपुर- ४ टेकान टोलका रेहान तामाङ्ग भन्ने रामबहादुर घिसिङ, मानबहादुर वाइवा, गैडाटारका रेवप्रसाद मैनाली रहेका छन् ।

आगजनीमा संलग्न भएका पक्राउ परेका मध्ये रामबहादुर घिसिङ्को साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान, कटुवा पेस्तोल १ थान र ८ थान गोली बरामद भएको छ भने रेवप्रसाद मैनालीको साथबाट एक थान गोली, तामाको साथबाट पाइपको टुक्रा २ थान र दस्तावेजहरु बराममद भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

बुधबार गैडाटारस्थित आर्दश सामुदायिक वनको भवनमा रहेको वडा कार्यालयमा आगजनी हुदा कागजात, कम्प्युटरलगायतका सामान नष्ट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्